काठमाडौं महानगर र मध्यपुर थिमि सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 371 पटक हेरिएको

ललितपुर । काठमाडौं महानगरपालिका र मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेका छन् ।

शनिबार गोदावरी बहुउद्देश्यीय रङ्गशालाको  झ्यालुन्टार मैदानमा सम्पन्न क्बाटरफाईनल खेलमा कीर्तिपुर नगरपालिकालाई ५–४ गोल अन्तरले हराउँदै मध्यपुरले अन्तिम चारको टिकट काटेको हो । मध्यपुरका लागि दिपक बासानले २ गोल गर्दा कप्तान यमन राजबाहाक, रोहन खड्गी र सुदर्शन श्रेष्ठले एक–एक गोल गरे । 

खेलको चौथो र ५४ औँ मिनेटमा गोल गरेका दिपक खेलको म्यान अफ दि म्याच भए । उनलाई फिफा रेफ्रि नवीन्द्र मर्हजनले आयोजकका तर्फबाट ५ हजार नगद र ट्रफि हस्तान्तरण गरे । प्रतियोगिता आफ्नो ब्यक्तिगत गोल संख्या ४ पु¥याएका मध्यपुरका रोहनले खेलको ५८ औँ मिनेटमा गोल गर्दा कप्तान यमनले ६० औँ मिनेटमा गोल गरेका थिए । 

खेलको ४१ औँ मिनेटमा मध्यपुरका खेलाडीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टिमा सुर्दशनले गोल गरेका थिए । राम्रो खेल्दा खेल्दै पनि पराजित भएको कीर्तिपुरका लागि यमन महर्जनले ह्याट्रिक गरे । उनको यो प्रतियोगितामा दोस्रो ह्याट्रिक हो । यसअघि उनले तारकेश्वर नगरपालिका विरुद्धको खेलमा पनि ह्याट्रिक गरेका थिए । यमनले खेलको ४३ औँ, ६६ औँ र ८२ औँ मिनेटमा गोल गरे । शनिबारको खेलमा कीर्तिपुरका लागि अर्को एक गोल सन्जोग महर्जनले खेलको ८१ औँ मिनेटमा गरे ।

खेलको ६० मिनेटसम्म ४–१ को अग्रता लिएको मध्यपुरलाई त्यसपछि एकपछि अर्को गोल गर्दै ८२ मिनेटमा पुग्दा स्कोर अन्तर कीर्तिपुरले ५–४ मा घटाएको थियो ।खेलको उत्तरार्दमा कीर्तिपुरले मध्यपुरलाई निकै दबाबमा राखेको थियो । शनिबार नै भएको अन्तिम क्बार्टरफाईनल खेलमा आयोजक गोदावरी नगरपालिकाको बि टिमलाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरपालिका प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

काठमाडौंका लागि दुबै गोल राज पौडेलले गरे । खेलको २० औं र ६५ औं मिनेटमा गोल गरेका राज खेलको म्यान अफ दि म्याच भए । उनलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले ५ हजार नगदको चेक र ट्रफि हस्तान्तरण गरे । पराजित गोदावरीका लागि खेलको ९० औँ मिनेटमा राजन मर्हजनले एक गोल फर्काए । दोस्रो हाफको अन्त्यतीर गोदावरीले काठमाडौंलाई केही दबाबमा राखेपनि अन्ततः थप गोल हुन नसकेपछि आयोजकको दोस्रो टिम पनि बाहिरिएको छ । यसअघि गोदावरी टिम ए महालक्ष्मी नगरपालिकासँग पहिलो खेलमै पराजित भएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey