मधेश प्रदेशको विजयी सुरुवात, सुदूरपश्चिम १–० ले पराजित

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 49 पटक हेरिएको
मधेश प्रदेशको विजयी सुरुवात, सुदूरपश्चिम १–० ले पराजित

सुर्खेत । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै मधेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि सफल हुन सकेनन् ।

दोस्रो हाफमा भने मधेशले अग्रता बनायो । मधेशका विकास दर्लामीले खेलको ५६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समय घटाइएको थियो । जसअनुसार मधेश र सुदूरपश्चिमबीचको खेल ३५–३५ मिनेटको खेलाइएको थियो ।

यसअघि मंगलबार नै भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment