नेपाली क्रिकेट टोलीका बलर अभिषेश गौतमले ‘लिस्ट ए’ क्रिकेटमा डेब्यु गरेका छन् ।
कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा पाकिस्तान ‘ए’ विरुद्ध मैदान उत्रिएसँगै उनले ‘लिस्ट ए’ मा डेब्यु गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले सामाजिक सञ्जालमार्फत अभिषेशले डेब्यु गरेको जानकारी दिँदै उनलाई शुभकामना व्यक्त गरेको छ ।
कप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको नेपाली टोलीको अन्तिम ११ मा अभिषेशसँगै इशान पाण्डे, कुशल भुर्तेल, देव खनाल, मयन यादव, बशिर अहमद, लोकेश बम, पवन सर्राफ, रसिद खान र नितेश यादव समेटिएका छन् ।