१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सञ्चालन हुने पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा दर्शकलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
खेलकुद प्रतियोगिताको उद्घाटन खेललाई दर्शकमैत्री बनाउन र रंगशालामा दर्शकको उत्साहजनक सहभागिता जुटाउने उद्देश्यले उद्घाट खेल सबै दर्शकका लागि निःशुल्क हेर्ने व्यवस्था मिलाइएको हो ।
कर्णाली प्रदेशको सुर्खेतस्थित कर्णाली रङ्गशालामा आज दिउँसो १ बजे उद्घाटन खेल आयोजना हुने तय भएको छ ।