काठमाडौं । भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले सबैभन्दा कम बलमा दोहोरो शतक बनाएका छन् ।
कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार यूएईविरुद्धको खेलमा मात्र ५२ बलमा २८ छक्का र ७ चौकाको मद्दतमा दोहोरो शतक पूरा गरेका हुन् ।
उनी ५३ बल खेल्दा २०४ रन बनाएर आउट भएका छन् । यूएईले दिएको २५० रनको लक्ष्य पछ्याउने क्रममा दोहोरो शतक बनाएका हुन् ।