इबीए र लालीगुराँस विजयी

  • Image नेप्लेज
  • ६ मंसिर २०८३, आइतवार
  • 51 पटक हेरिएको
इबीए र लालीगुराँस विजयी

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबीए) र लालीगुराँस नेसनल एकेडेमीले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेका छन् ।

इबीएले फेरिल्यान्डलाई २०–१५ तथा लालीगुराँसले हिमालयलाई २१–१६ ले पराजित गरे । इबीएका दिग्विजयले १५ तथा लालीगुराँसका संगिताले ८ अंक जोडे । त्यस्तै, ह्वाइटफिल्डले हेराल्डलाई २१–१७, सेबले फ्युजन एकेडेमीलाई १४–१० र न्युटनले डाफोडिललाई ३०–२५ ले हराए । ह्वाइटफिल्डका अर्मानले ९, सेबका ओसियन बुढाले ६ र न्युटनका आर्यनले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा डाफोडिलले भ्याली पब्लिक ‘ए’ लाई ५४–५०, टीआईएले सेबलाई ४१–३८, एन्जल्स हार्टले इबीएलाई २५–२३, सेबले किङडमलाई ३६–३०, न्युटनले भद्रकालीलाई ३७–३०, विभूतिले भ्याली पब्लिक ‘बी’ लाई ५०–४८ र रिलायन्सले डिआर मेमोरियललाई ११–७ ले पाखा लगाए ।

सिनियर गल्र्समा बाल वाटिकाले डिआर मेमोरियललाई १४–१०, इबीएले मानसिंहलाई २९–२५ र सेबले एन्जल्स प्याराडाइसलाई १७–१४ ले पन्छाए ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment