पावरप्लेमा सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

  • Image नेप्लेज
  • ५ मंसिर २०८३, शनिवार
  • 157 पटक हेरिएको
पावरप्लेमा सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुछ पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ।

त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १५५ रन बनाएको थियो।

१५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ। पावरप्लेमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा बिना कुनै विकेटको क्षतीमा ६० रन बनाएको छ।

ओपनर जर्ज मुन्से ४४ र विनोद भण्डारी १४ रन बनाएर खेलिरहेका छन्। पावरप्लेमा लुम्बिनी लायन्सले पावरप्लेमा ४ बलर लगाएर पनि कुनैपनि विकेट निकाल्न सकेन।


#क्रिकेट #सुदूरपश्चिम प्रदेश #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment