एनपीएल फाइनल: उपाधि जित्न लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५६ रनक लक्ष्य

  • Image नेप्लेज
  • ५ मंसिर २०८३, शनिवार
  • 129 पटक हेरिएको
एनपीएल फाइनल: उपाधि जित्न लुम्बिनीले दियो सुदूरपश्चिमलाई १५६ रनक लक्ष्य

 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा तीन छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले ३१ बलमा ३० रन बनाए ।

निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोड्दा डार्सी शर्टले १८ बलमा २१ रन बनाए । अली शेखले १२ बलमा २४ रन बनाए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए । हेमन्त धामी, थारिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

अब सुदूरपश्चिम रोयल्सले उपाधि जित्न १५६ रन बनाउनुपर्नेछ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment