काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
केहीबेरमै सुरु हुने फाइनल खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्ने भएको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।