पोखरामा मैत्रीपूर्ण गल्फ प्रतियोगिता हुने, ७० गल्फरको सहभागिता रहने

  • Image नेप्लेज
  • ३ मंसिर २०८३, बिहिवार
  • 61 पटक हेरिएको
पोखरामा मैत्रीपूर्ण गल्फ प्रतियोगिता हुने, ७० गल्फरको सहभागिता रहने

काठमाडाैं। खेलकुदको शहर पोखरामा यही मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२ तारिख) ‘दोस्रो माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रा.लिको संयुक्त आयोजनामा उक्त एमेच्योर गल्फ प्रतियोगिता हुन लागेको हो ।

पोखराको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले  बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको हो । प्रतियोगितामा स्वदेश तथा विदेशका गरी करिब ७० जना महिला तथा पुरुष गल्फरहरूको सहभागिता रहने अपेक्षा गरिएको हिमालयन गल्फ कोर्ष र हिमालयन स्पोर्टस म्यानेजमेन्ट प्रा.लिका प्रवन्धक भुवन गुरुङले जानकारी दिए । जसमा अमेरिकाबाट १५ जना र बेलायतबाट १० जना गैरआवासीय नेपाली (एनआरएन) गल्फरहरूसहित पोखरा, काठमाडौं, धरान र बुटवलका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने उनले बताए।

‘स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्याप’ फम्र्याटमा खेलाइने यो प्रतियोगिता शनिबार र आइतबार गरी दुई दिन चल्नेछ । त्यसअघि शुक्रबार खेलाडीहरूले कोर्ष वार्मअप गर्नेछन् । पार ७० को कोर्षमा गल्फरहरूले दुई दिनमा ३६ होल खेल्नेछन् र दुवै दिनको अंकका आधारमा विजेताको छिनोफानो गरिनेछ।

नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरीको सह–प्रायोजनमा हुने प्रतियोगितालाई कास्की जिल्ला गल्फ संघ र गण्डकी प्रदेश गल्फ संघको सहयोग रहेको छ। प्रतियोगितामा ग्रस विजेताले नगद २० हजार  नगद  र ट्रफी, डिभिजन ’ए’ (१–९ ह्याण्डीक्याप)ः विजेताले  नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ तथा ट्रफी, डिभिजन ’बी’ (१०–१४ ह्याण्डीक्याप) विजेताले नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्ने नेप्लिज डायस्पोरा स्पोर्टस एण्ड कल्चर क्लब अमेरिकाका अध्यक्ष नारायण गुरुङले जानकारी दिए ।

त्यसैषरी डिभिजन ’सी’ (१४–१८ ह्याण्डीक्याप) विजेताले  नगद २० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद तथा ट्रफी, महिला विधा तर्फ विजेताले नगद १५ हजार र उपविजेताले  १० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन । सिनियर (६० वर्षभन्दा माथि)का विजेताले  १५ हजार रुपैयाँ र ट्रफी प्राप्त अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगिताका विशेष विधाहरूः लङ्गेष्ट ड्राइभ, ६० वर्षमाथिको लङ्गेष्ट ड्राइभ विजेता, क्लोजेष्ट टु दि पिन, १८ औं नम्बर होलको सेकेण्ड सटमा क्लोजेष्ट टु दि पिन र १८ औं होलको लङपट विजेताले जनही ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए।

प्रतियोगितामा होल इन वान (होल नं. ४, दूरी १४५ यार्ड)का बिजेताका लागि  काल्सवर्गद्वारा ५० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने गल्फ खेलाडी बालकाशी गुरुङले जानकारी दिइन्।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment