काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज क्वालिफायर २ मा

  • Image नेप्लेज
  • २ मंसिर २०८३, बुधवार
  • 59 पटक हेरिएको
काठमाडौं गोर्खाजलाई ६१ रनले हराउँदै चितवन राइनोज क्वालिफायर २ मा

काठमाडौं । एनपीएल ३ को एलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं  गोर्खाजलाई पराजित गरेको छ । चितवनका ओपनर ब्याट्सम्यान कामिल मिशराले शतक बनाएको खेलमा काठमाडौं ६१ रनले पराजित भएको हो । मिशराले एनपीएलको सर्वाधिक व्यक्तिगत स्कोर १२० रन बनाए ।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको गोर्खाज १४३ रनमा सीमित भयो । यो जितसँगै चितवन राइनोज क्वालिफायर २ मा पुगेको छ । क्वालिफायर २ मा चितवन र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सो खेलको विजेताले उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ । 

चितवनका लागि रिजन ढकालले उत्कृष्ट बलिङ गरे । जारी लिगमा सर्वाधिक विकेट लिनेको सूचीको शीर्ष स्थानमा रहेका उनले ४ विकेट लिए । उनको जारी लिगमा विकेट संख्या १६ पुगेको छ । यस्तै उस्मा मिरले ३ विकेट लिए ।

बुधबार काठमाडौं  गोर्खाजविरुद्ध चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । पावरप्लेको चौथो ओभरमा २२ रन बनाउँदा चितवनले लगातार दुई विकेट गुमाए पनि कामिल र रवि बोपाराले १५४ रनको साझेदारी गरे । कामिलले ५३ बलमा शतक बनाउने क्रममा ८ छक्का र ४ चौका प्रहार गरे । यस्तै रवि बोपाराले ४२ बलमा ५३ रनको उत्कृष्ट पारी खेले । यी दुई ब्याट्सम्यानको साझेदारीमा चितवनले ४ विकेट गुमाएर रन बनाएको छ । यो सिजनमा तेस्रोपटक टिम स्कोर २०० पार भएको हो । यसअघि पोखराले २१७ र २२४ रन बनाएको थियो ।

यसअघि क्वालिफायर १ मा लुम्बिनी लायन्सले सुदूरपश्चिमलाई पराजित गरेको थियो । पाँच गते हुने फाइनलमा लुम्बिनी लायन्स र क्वालिफायसर २ को खेलको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ


Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment