कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता

  • Image नेप्लेज
  • २७ कार्तिक २०८३, शुक्रवार
  • 57 पटक हेरिएको
कमल, राधिका र राजकुमारलाई पहिलो दिन अग्रता

काठमाडौं । प्रथम काठमाडौं २८ वडाध्यक्ष कप अल नेपाल फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको क्याटोगोरी ए मा कमल श्रेष्ठले अग्रता कायम गरेका छन् ।

स्विस लिग चरणमा जारी प्रतियोगिताको शुक्रवार सम्पन्न चार चरणको खेलमा उनले ३ दशमलव ५ अङ्क प्राप्त गरे । सुशील चौधरीको ३ र नवीन तुण्डकारको २ दशमलव ५ अङ्क छ ।

क्याटोगोरी बिमा राधिका पौडेल ४ अङ्क सहित शीर्ष स्थानमा छिन्, दोस्रो स्थानमा रहेको प्रज्ञा पन्त र सिन्दिरा जोशीको ३ अङ्क छ । क्याटोगोरी सीमा राजकुमार राई ४ अङ्क सहित शीर्ष स्थानमा छन् । पूर्ण राज खड्का, पूर्वा लामा, महेन्द्र कुमार साम्बहाम्पे र सुनिल घिमिरेको ३ दशमलव ५ अङ्क छ । क्याटोगोरी डीमा अनमोल चन्द, दीपेन्द्र काफ्ले, पदम कृष्ण श्रेष्ठ र राजन शाहको समान ४ अङ्क छ ।

काठमाडौं महानगरपालिका २८ वडा कार्यालय र थापाथली चेस पार्कको संयुक्त आयोजनामा जारी प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता छ । प्रतियोगिताको काठमाडौँ २८ का अध्यक्ष भाइराम खड्गीले उद्घाटन गरे । सो अवसरमा थापाथली चेस पार्कका अध्यक्ष सानु राज बज्राचार्य र प्रतियोगिता निर्देशक इन्द्र बस्नेतको पनि उपस्थिति थियो । प्रतियोगिताले नेपाली चेस खेलको विकासमा थप सहयोग गर्ने विश्वास रहेको बस्नेतले बताए ।