कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

  • Image नेप्लेज
  • १० कार्तिक २०८३, मङ्गलवार
  • 84 पटक हेरिएको
कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा कर्णालीले जनकपुरलाई १३३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ थालेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाएर १३२ रन जोड्यो ।

उसका लागि अरिफुल इस्लामले ४३, पवन सर्राफले ३७, दीपक डुम्रेले १३ तथा गुलशन झाले १२ रन जोडे ।

बलिङतर्फ जनकपुरका हरमीत सिंहले तीन तथा राहुल यादव र मोइन अलीले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशीले एक सफलता हात पारे ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ