क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

  • Image नेप्लेज
  • १० कार्तिक २०८३, मङ्गलवार
  • 63 पटक हेरिएको
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौं कात्तिक १० गते । वल्र्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेका छन्। 

अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।

पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् । खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबारै बिदाइ गरे ।