पोखरा एभेन्जर्सको मुख्य प्रायोजकमा द शाहंशाह

  • Image नेप्लेज
  • १० कार्तिक २०८३, मङ्गलवार
  • 69 पटक हेरिएको
पोखरा एभेन्जर्सको मुख्य प्रायोजकमा द शाहंशाह

काठमाडौं, कात्तिक १०। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले द शाहंशाह अपार्टमेन्टलाई मुख्य प्रायोजक बनाएको छ।

मंगलबार आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौता भएको हो। सम्झौतापत्रमा शाहंशाह अपार्टमेन्टका निर्देशक प्रकाश अधिकारी र पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले हस्ताक्षर गरे।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले एनपीएलको तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ। टोलीले प्रतियोगिताको पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग साँझ ५ बजे प्रतिस्पर्धा गर्नेछ।