अमेरिका लिग–२ च्याम्पियन

  • Image नेप्लेज
  • २२ आश्विन २०८३, बिहिवार
  • 65 पटक हेरिएको
अमेरिका लिग–२ च्याम्पियन

काठमाडौं। अमेरिकाले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को उपाधि दुई खेलअगावै जितेको छ। बुधबार राति डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा नामिबियालाई ४ विकेटले पराजित गर्दै यूएसएले लिग–२ को शीर्ष स्थान सुरक्षित गरेको हो।

नामिबियाले दिएको २९९ रनको लक्ष्य यूएसएले ४८।५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अमेरिकाको लागि मोनांक पटेलले शतकीय इनिङ्स खेल्दै १०८ रन बनाए। श्मित पटेलले ५० तथा शहना जयसूर्याले ७४ रनको योगदान दिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २९८ रन बनाएको थियो। कप्तान गेर्हार्ड इरास्मसले ७६ रन तथा माइकल भान लिङ्गेनले महत्वपूर्ण योगदान दिएका थिए।

यो जितसँगै अमेरिकाले लिग–२ मा थप दुई अंक जोड्दै शीर्ष स्थानमा पक्का गरेको छ। 

लिग–२ को शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन्। अमेरिकाले यसअघि नै छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो।