काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएल सिजन-३ काे खेल तालिका सार्वजनिक गरेको छ।
खेल तालिकाअनुसार पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।उक्त खेल कात्तिक ९ गते हुनेछ ।
कात्तिक २९ गतेसम्म लिग चरणका खेलहरु हुनेछ ।
मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ ।
२ गते इलिमिनेटर तथा ३ गते दोस्रो क्वालिफायर खेल हुनेछ ।
फाइनल खेल भने मंसिर ५ गते हुने तालिका रहेकाे छ ।