रुपेशले २३१२ रेटड आईएम र एन्जलले २११४ रेटेड डब्लूआईएमसँग बराबर गरे

  • Image नेप्लेज
  • ३ आश्विन २०८३, शनिवार
  • 54 पटक हेरिएको
रुपेशले २३१२ रेटड आईएम र एन्जलले २११४ रेटेड डब्लूआईएमसँग बराबर गरे

काठमाडाैं। उज्बेकिस्तानकोमा जारी ४६औँ चेस ओलम्पियाड तेस्रो चरण नेपालका लागि सुखद् रहन सकेन। महिला तर्फ एन्जल महर्जन र निहाना श्रेष्ठ तथा पुरुष तर्फ सिएम रुपेश जैसवालको बराबरी बाबजुद टिम पराजित हुन पुगेका छन्। 

तेस्रो चरणमा नेपालको महिला टोलीले न्युजिल्यान्डसँग ३–१ को हार बेहोरेको छ। नेपालका लागि एन्जल महर्जनले आधा अंक जोड्दा निहाना श्रेष्ठले पनि आधा अंक हासिल गरिन्। यस सँगै ब्यक्तिगत रुपमा एन्जलले ३ खेल खेल्दै १.५ अंक, कृतिसरा अधिकारीले २ खेलमा १ अंक, सिन्दिरा जोशीले ३ खेलमा १ अंक र निहानाले २ खेलमा ०.५ अंक बनाएका छन्।

आज पहिलो वोर्डमा न्युजिल्यान्डकी २११४ रेटेड डब्लूआईएम इजाबेल ईशुआन निङ र १६४४ रेटेड एन्जल महर्जन बीचको खेल बराबरीमा सकिएको थियो। 
त्यस्तै तेश्रो वोर्डमा १५७५ रेटेड निहाना श्रेष्ठले १९१६ रेटेड डब्लूएफएम नादिया ब्रगान्जा सँग बराबरी खेलिन्। नेपाली १७४४ रेटेड कृतिसरा अधिकारी १८७४ रेटेड डब्लूएफएम अन्या थर्नरसँग र १५६५ रेटेड सिन्दिरा जोशी १८५२ रेटेड डब्लूएफएम एमिली क्याथे गानसँग पराजित भइन्। 

यसैगरी पुरुष प्रतिस्पर्धामा नेपाल च्याम्पियन २१५१ रेटेड सिएम रुपेश जैसवालले अल्बानियाका २३१२ रेटेड आईएम द्रितान मेहमेतिसँग बराबरी खेलेका छन्।
३.५–०.५ को अप्रिय नतिजा स्वीकारेर हार्दै गर्दा न्यूजिल्याण्डका २३८८ रेटेड विरुद्ध नेपाल सिएम पुरुषोत्तम सिलवाल, २२९२ रेटेड सँग हारेका सुश्रुत दाहाल र २२९२ रेटेड सँग हारेका आशिष फुयाँल अर्को खेलका लागि तयारीमा छन्।

एफएम रुपेश जैसवाल १.५ अंक, आशिष् फुयाँल १.५, सिएम सुश्रुत दहाल १ अंक सहित प्रतिस्पर्धामा उपस्थिति देखाउदै छन्। चौथो चरणमा २ - २ अंक बनाएका नेपाली पुरुष टिम टिमोर लेट्से सँग तथा नेपाली महिला टोली दोमिनिकन रिपब्लिका सँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको खुल्ला तर्फ संयुक्त ६ - ६ अंक जोडेर रोमानिया, फ्रान्स, पोल्यान्ड, उज्बेकिस्तान, चीन अगाडि रहेका छन् भने महिला तर्फ अमेरिका, रोमानिया, भारत, पोल्यान्ड, उज्बेकिस्तान शीर्ष स्थानमा छन्। यसैबीच नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले दक्षिण एशियाली देशका प्रतिनिधिहरु रहने ३.२ जोनल निर्वाचन सम्बन्धि छलफल गरेका छन्।