काठमाडौं । २०औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा एक कार्यक्रम गरी टोलीको बिदाइ गरिएको हो ।
नेपाली टोलीलाई राखेप सदस्य सचिव रामचरित्र मेहता, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरे ।
नेपालको टोली :
दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल