काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुरुमा बलिङ रोजेका हुन् ।
योसँगै जनकपुर बोल्ट्सले सुरुमा ब्याटिङको निम्तो पाएको छ ।
जनकपुर बोल्ट्स लगातार दोस्रो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर बोल्ट्सले दोस्रो खेलमा भने काठमान्डु गोर्खाजलाई ८ विकेटले हराएको थियो । त्यसैले पनि जनकपुर बोल्ट्स लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
उता, पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको पोखरा एभेन्जर्स जित यात्रा सुरु गर्ने रणनीतिमा हुनेछ । पोखरा एभेन्जर्स जनकपुरमाथि जित निकाल्दै २ अंक जोड्ने दाउमा हुनेछ । अघिल्ला दुई संस्करणमा प्लेअफसम्म पनि पुग्न नसकेको पोखरा यसपटक प्लेअफ पुग्न चाहन्छ ।