आईसिसी लिग-२ : नेपालद्वारा ओमान १० रनले पराजित , जोगायो एकदिवसीय मान्यता

  • Image नेप्लेज
  • २ कार्तिक २०८३, सोमवार
  • 209 पटक हेरिएको
आईसिसी लिग-२ : नेपालद्वारा ओमान १० रनले पराजित , जोगायो एकदिवसीय मान्यता

काठमाडौं । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानविरुद्धको खेलमा १० रनको जित निकालेको छ।

ओमानमा सोमबार भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनायो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो।

अल अमेरात क्रिकेट मैदानको मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालका लागि रोहित पौडेलले सर्वाधिक ८० रन बनाए। उनले ८१ बलको सामना गरेका थिए।

नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा ओमानका ब्याटरले राम्रो प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

ओमानका जतिन्दर सिंहले ११४ बलमा ८९ रन बनाए भने हम्माद मिर्जाले ९७ बलमा ८७ रन जोडे। उनीहरूको प्रदर्शनका बाबजुद ओमान लक्ष्यभन्दा १० रनले पछि रह्यो।