क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

  • Image नेप्लेज
  • ३१ आश्विन २०८३, शनिवार
  • 96 पटक हेरिएको
क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा शनिबार नेपालले क्यानडाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

क्यानडाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यो खेल नेपालका लागि निकै महत्वपूर्ण पनि छ । यो खेलमा विजयी भए नेपालले जारी लिग–२ प्रतियोगिताको तालिकामा छैटौँ स्थान पक्का गर्नेछ ।

तर, यो खेलमा पराजित भए नेपाल सोमबार हुने ओमानविरुद्धको खेलमा निकै दबाबमा हुनेछ ।