काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
अल अमिरातमा जारी खेलमा नेपालले घरेलु टोलीलाई २६४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन जोड्यो ।
रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । उनले ६७ बलमा ६१ रन बनाए ।
करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासे । केसीले मात्र १६ बलमा ४० रन जोडे । उनको ब्याटबाट ४ छक्का र १ चौका निस्कियो ।
यस्तै, अर्जुन कुमालले ४०, इर्शान पाण्डे र बसिर अहमदले ३७–३७ तथा दीपेन्द्र सिंह ऐरीले २२ रन जोडे ।
बलिङतर्फ ओमानका शकिल अहमद, करण सोनाभेल र शाह फैसलले दुई–दुई विकेट लिए । हसनइन शाहले एक सफलता हात पारे ।