गण्डकी प्रदेशसँग भुटान पराजित

  • Image नेप्लेज
  • १३ आश्विन २०८३, मङ्गलवार
  • 99 पटक हेरिएको
गण्डकी प्रदेशसँग भुटान पराजित

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप एसिया छनोटको तयारीका लागि नेपाल आएको भुटानको टोली गण्डकी प्रदेशसँग पराजित भएको छ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भुटान १९.३ ओभरमा ९६ रन बनाउँदै अलआउट भएको हो। भुटानले दिएको ९७ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ११ ओभरमा २ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो।

गण्डकीको लागि ओपनर इश्वर क्षेत्रीले सर्वाधिक ३४ रन बनाउँदै अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर अर्जुन कुमालले २२ रन बनाउँदा सिर्बिन श्रेष्ठले १० रन बनाए। दिपक प्रसाद डुम्रे २६ रनमा अविजित रहे। भुटानको लागि सोनम यासे र नाम्गे थिन्लले १–१ विकेट लिए।

त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको भुटानको लागि सोनम चोपेल र कप्तान रान्जंग मिक्यो डोर्जीले समान २७÷२७ रन बनाए। ओपनर नाम्गे थिन्लेले १६ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

गण्डकी प्रदेशका लागि सुवास भण्डारीले सर्वाधिक ४ विकेट लिए। अपराजित पौडेलले ३ विकेट लिँदा विपन खत्री, सुदिप अर्याल र सिर्बिन श्रेष्ठले १–१ विकेट लिए। भुटानले गण्डकी प्रदेशसँग २ र क्यान ११ सँग २ खेल खेल्ने तालिका रहेको छ।