एसियाली खेलकुदमा चीनको दबदबा, १३० पदकसहित शीर्ष स्थानमा

  • Image नेप्लेज
  • ८ आश्विन २०८३, बिहिवार
  • 195 पटक हेरिएको
एसियाली खेलकुदमा चीनको दबदबा, १३० पदकसहित शीर्ष स्थानमा

काठमाडौं। जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा चीनले पदक तालिकामा आफ्नो अग्रता कायमै राखेको छ।

प्रतियोगिताको छैटाैं दिनसम्मकाे पदक तालिकाअनुसार चीनले ८० स्वर्ण, ३० रजत र २० कांस्य गरी कुल १३० पदक जितेको छ। आयोजक जापान २० स्वर्ण, ३४ रजत र ३७ कांस्यसहित ९१ पदक जितेर दोस्रो स्थानमा छ। जापानले चीनभन्दा ६० स्वर्ण कम जितेको छ।

दक्षिण कोरिया १० स्वर्ण, १२ रजत र २८ कांस्यसहित ५० पदकका साथ तेस्रो स्थानमा छ। कजाखस्तान ८ स्वर्ण, ८ रजत र ९ कांस्यसहित २५ पदकका साथ चौथो स्थानमा रहँदा उज्बेकिस्तान ६ स्वर्ण, १२ रजत र ८ कांस्यसहित २६ पदक जितेर पाँचौँ स्थानमा छ।

त्यस्तै इरान ६ स्वर्ण, १० रजत र ४ कांस्यसहित २० पदकका साथ छैटौँ, थाइल्यान्ड ५ स्वर्ण, ४ रजत र ७ कांस्यसहित १६ पदकका साथ सातौँ तथा हङकङ ४ स्वर्ण, १० रजत र ९ कांस्यसहित २३ पदकका साथ आठौँ स्थानमा छन्।

उत्तर कोरिया ३ स्वर्ण, ३ रजत र ३ कांस्यसहित ९ पदक जितेर नवौँ तथा बहराइन ३ स्वर्ण, २ रजत र ५ पदकसहित शीर्ष १० मा रहेको छ।

यस्तै नेपालले पनि करातेकाे कुमुतेमा कास्य पदक हिजाेमात्रै जितेकाे थियाे भने आज महिला कबड्डी टिम सेमिफाइनलमा पुगेसँगै कास्य पदक पक्का गरेकाे छ।