महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य पदक

  • Image नेप्लेज
  • ९ आश्विन २०८३, शुक्रवार
  • 193 पटक हेरिएको
महिला कबड्डीको सेमिफाइनलमा नेपाल पराजित, जित्यो कास्य पदक

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।

पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो ।

नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।

नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो ।

त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।

नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो ।