एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

  • Image नेप्लेज
  • १२ आश्विन २०८३, सोमवार
  • 134 पटक हेरिएको
एसियाली खेलकुदमा सोमबहादुरले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालका सोमबहादुर कुमालले पुरुष ८ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। नागोया सिटीस्थित मिजुहो पार्कमा भएको प्रतिस्पर्धामा कुमालले १ मिनेट ४८ दशमलव ९५ सेकेन्डमा दूरी पूरा गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। नयाँ कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा भने पुग्न सकेनन्। २० धावकमध्ये कुमाल आठौँ स्थानमा रहे।

यस्तै, टेनिसको पुरुष डबल्समा अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी दोस्रो चरणमा प्रवेश गरेको छ। नेपाली जोडीले मंगोलियाका खेलाडीलाई ६–२, ४–६ र १४–१२ को सेटमा पराजित गरेको हो।

आर्चरीको रिकर्भ मिक्स्ड टिममा भने नेपाल यूएईसँग ६–२ ले पराजित हुँदै नकआउट चरणबाट बाहिरिएको छ। अब तिलक पुन मगर र ज्ञानु अवालेले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।