वर्षाका कारण खेल रद्द, पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा

  • Image नेप्लेज
  • १२ आश्विन २०८३, सोमवार
  • 91 पटक हेरिएको
वर्षाका कारण खेल रद्द, पाकिस्तान एसियाली खेलकुदको सेमिफाइनलमा

काठमाडौं । हङकङविरुद्धको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।

पाकिस्तानको अन्तर्राष्ट्रिय टी-२० वरीयता हङकङभन्दा माथि रहेकाले पाकिस्तानलाई विजेता घोषित गर्दै सेमिफाइनलमा प्रवेश गराइएको हो।

पाकिस्तानसँगै भारत, बंगलादेश र श्रीलंकाले वरीयताका आधारमा क्वार्टरफाइनलमा सिधै स्थान बनाएका थिए ।

हङकङ समूह ‘बी’ को उपविजेता हुँदै अन्तिम आठमा पुगेको थियो ।

आजै क्वाटरफाइनलको अर्को खेल भारत र अफगानिस्तानबीच हुने तालिका रहेको छ ।

त्यस्तै नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाबीचको क्वाटरफाइनल खेल भोलि हुदैछ ।

पाकिस्तानको सेमिफाइनल खेल अक्टोबर १ मा हुनेछ । कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा हुनेछ ।