विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

  • Image नेप्लेज
  • ११ आश्विन २०८३, आइतवार
  • 64 पटक हेरिएको
विश्व सितोरियो करातेमा नेपाललाई २ स्वर्णसहित ६ पदक

काठमाडौं । जापानमा चलिरहेको विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालको टोलीले २ स्वर्ण, १ रजत र ३ कांस्यसहित ६ पदक जितेको छ ।

नेपालका लागि एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण पदक जितेका हुन् ।

एरिकाले महिलातर्फ ६८ केजीभन्दा माथिको तौल समूहमा स्वर्ण जित्दा टिम कुमितेमा पनि कास्य पदक जितिन् । एरिकाले आज भएको फाइनलमा चाइनिज ताइपेकी खेलाडीलाई ८–६ ले हराएकी हुन् । विश्व सितोरियो कराते च्याम्पियनसिपमा एरिकाको यो दोस्रो स्वर्ण पदक हो ।

यस्तै राकेशले पुरुषतर्फ ६० केजीमुनि स्वर्ण जितेका छन् । निरुपा दोङ तामाङले महिलातर्फ ६८ केजीमुनि रजत पदक जितिन् । उनले टिम कुमितेतर्फ पनि कास्य पदक जितिन् ।

मिनबहादुर तामाङले ६७ केजी तौल समूहमा कास्य जितेका छन् । टिम इभेन्टमा नेपालले थप कास्य पदक जितेको छ ।

मेघा लिम्बू, सानुमाया थिङ र एलिशा रास्कोटीले टिम काता र टिम कुमितेमा कास्य पदक जितेका हुन् ।