आईसिसी लिग-२ : क्यानडासँग नेपाल पराजित

  • Image नेप्लेज
  • ३१ आश्विन २०८३, शनिवार
  • 171 पटक हेरिएको
आईसिसी लिग-२ : क्यानडासँग नेपाल पराजित

काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपाल क्यानडासँग पराजित भएको छ।

ओमानमा भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको हो।

महत्त्वपूर्ण खेलमा नेपाल पराजित भएको हो। लिग २ को अन्तिम ६ भित्र समेटिन अब नेपालले अन्तिम खेलमा ओमानलाई हराउनैपर्ने दबाब  बडेको छ।

क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपालले २३२ रनमा अलआउट भयो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ८७ रन बनाए। त्यस्तै आशिफ शेख २०, इशान पाण्डे २१, रोहित पौडेल १८, दीपेन्द्र सिंह ऐरी २७, गुल्शन झा २१ र करण केसी १७ रनमा अविजित रहे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाका लागि युवराज शर्माले १०५ रन बनाएका थिए।