काठमाडौं । टीआईए, डिफेन्डिङ च्याम्पियन बौद्ध चिल्ड्रेन हेभेन स्कुल र राई स्कुलले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् ।
चक्रपथस्थित आयोजक जोन डेवीको कोर्टमा टीआईएले एआईएलाई २४–६, बौद्धले ल्यान्डमार्क एकेडेमीलाई २९–८ र राई स्कुलले युरो स्कुल, छाउनीलाई ८–५ ले पराजित गरे । टीआईएकी नतिशा तामाङले ८, बौद्धकी गयुल शेर्पाले ८ र राई स्कुलकी स्नेहा तामाङले ३ स्कोर गरे ।
सिनियर ब्वाइजमा न्युटनले ग्रिनलन्सलाई ६५–५४, एचएचसीएले बेलमोन्टलाई २६–१४, केएमसीले जेभियरलाई १६–४, एआईएले मिल्सबेरीलाई ३६–१०, गण्डकीले विल्सन एकेडेमीलाई ४५–३२ र साविक विजेता हेम्सले जोन डेवीलाई ४८–१८ ले हराए । न्युटनका युनिक कार्कीले २६, एचएचसीएका मनीष सुनारले १३, केएमसीका रतल अर्यालले ५, एआईएका दिक्षान्त ठकुरीले ११, गण्डकीका सगुनले १४ र हेम्सका दर्पण ठकुरीले ८ अंक जोडे ।
फुटसल ः प्रतियोगिताअन्तर्गत यु–१६ ब्वाइज फुटसलमा वेद्व्यास, डाफोडिल, ग्यालेक्सी पब्लिक स्कुल, द चाँदबाग स्कुल, काष्ठमण्डप विद्यालय, युरो स्कुल, हात्तीगौडा, जोन डेवी र श्रृष्टि एकेडेमी क्वाटरफाइनलमा पुगे ।