एचएचसीए र विल्सन एकेडेमी जोन डेवी कप अन्तरविद्यालय बास्केटबलमन विजयी

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 62 पटक हेरिएको
एचएचसीए र विल्सन एकेडेमी जोन डेवी कप अन्तरविद्यालय बास्केटबलमन विजयी

काठमाडौं । एचएचसीए र विल्सन एकेडेमीले जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिताअन्तर्गत ब्वाइज बास्केटबलमा सोमबार जित हात पारेका छन् । एचएचसीएले आयोजक जोन डेवीलाई ५१–३८ ले पराजित गर्यो । एचएचसीएको जितमा गणेश मगरले १२ अंक योगदान गरे । रेहान डंगोलको १८ अंक सहयोगमा विल्सनले एभरेष्टलाई ४७–३३ ले हरायो ।

न्युटनले मिल्सबेरीलाई ६०–४३ तथा मातृभूमिले जेभियरलाई ६४–४७ ले पाखा लगाए । न्युटनका सविन राईले २१ तथा मातृभूमिका आभास राउतले १६ अंक बटुले । गल्र्समा मातृभूमिले मिल्सबेरीलाई ४४–३२, न्युटनले द एक्सेल्सियर स्कुललाई २६–१६, ल्यान्डमार्क एकेडेमीले युरो स्कुल, छाउनीलाई २१–१२, सत्य साइले हिमरश्मिलाई २४–१६ र डिफेन्डिङ च्याम्पियन बौद्ध चिल्डे«न हेभेनले राई स्कुललाई २२–१२ ले पन्छाए ।

मातृभूमिकी समाइराह श्रेष्ठले १३, न्युटनकी आईरीन रानाले २१, ल्यान्डमार्ककी प्रतीक्षा राईले ९, सत्य साइकी मिस्टी श्रेष्ठले ८ र बौद्धकी जस्मिन गुरुङले ७ स्कोर गरे ।