भ्याली पब्लिक र मातृभूमिको विजयी सुरुआत

  • Image नेप्लेज
  • ५ आश्विन २०८३, सोमवार
  • 66 पटक हेरिएको
भ्याली पब्लिक र मातृभूमिको विजयी सुरुआत

काठमाडौं । भ्याली पब्लिक र मातृभूमिले यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले नवोदितलाई ३४–२४ तथा मातृभूमिले युनिकलाई ७३–५३ ले पराजित गरे ।

भ्याली पब्लिकका अशोक विकले २५ तथा मातृभूमिका सक्षम महर्जनले २० स्कोर गरे । संस्कृतिले प्रिमियर इन्टरनेसनललाई ५३–३२, रेडियन्ट रिडर्सले चाणक्यलाई ४१–३३, निसर्ग वाटिकाले हिमालयन एकेडेमीलाई ४७–३०, एलआरआईले एभरेष्टलाई ३५–२१, डाफोडिल पब्लिकले पुष्पसदनलाई ६९–५०, दुर्गा भवानीले बौद्ध इन्टरनेसनललाई ५६–४२, नेमोनिकले आदर्शलाई ५५–३५ र विद्या विकासले भेनसलाई ४६–३३ ले पाखा लगाए । संस्कृतिका अभिग्न श्रेष्ठले १९, रेडियन्टका रोवंश वाइबाले १९, निसर्गका सचित श्रेष्ठले २२, एलआरआईका सुजल मडइले १६, डाफोडिलका काल्साङ तामाङले ३०, दुर्गा भवानीका कृष्चल अधिकारीले ४३, नेमोनिकका फिन्जु शेर्पाले १८ र विद्या विकासका जस्विन खत्रीले १२ अंक जोडे ।

प्रतियोगिताको प्याब्सनकी उपाध्यक्ष संगीता सिलवालले उद्घाटन गरिन् ।नेपाल बास्केटबल संघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको सहयोगमा भइरहेको प्रतियोगितामा ४० टिम सहभागी छन् । प्रतियोगिता असोज १५ गतेसम्म चल्ने छ ।