अस्ट्रेलिया आठौं पटक महिला टी-२० विश्वकपको फाइनलमा 

  • Image नेप्लेज
  • १७ असार २०८३, बुधवार
  • 1100 पटक हेरिएको
अस्ट्रेलिया आठौं पटक महिला टी-२० विश्वकपको फाइनलमा 

इङ्ल्याण्डमा जारी आईसीसी महिला टी-२० विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा वेस्ट इण्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया आठौं पटक फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको १० औं संस्करण चलिरहँदा अस्ट्रेलियाले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ।

जितका लागि १२६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले केवल १३ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हात पार्यो ।

टोलीको जितमा बेथ मुन्नीले अविजित अर्धशतकीय इनिङ खेलिन्। उनले ३६ बलमा ८ चौकाको सहयोगमा ६१ रन बनाइन् ।

एश गार्डनरले २० बलमा ३५ रनको योगदान दिँदा जर्जिया भोली १६ रनमा आउट भइन्। गार्डनरले बलिङमा पनि २ विकेट लिइन् । उनको अलराउण्ड प्रदर्शनले अस्ट्रेलियाको जितलाई थप प्रभावशाली बनायो।

वेस्ट इण्डिजका चानिल हेनरी र कप्तान हेली म्याथ्युजले समान १-१ विकेट हात पारे। त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२५ रन बनाएको थियो। कप्तान हेली म्याथ्युजले २८ बलमा ३० रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा टोली प्रतिस्पर्धात्मक योगफल बनाउन असफल रह्यो।

अब अस्ट्रेलियाले आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनलमा बिहीबार इङ्ल्याण्ड र दक्षिण अफ्रिका आमनेसामने हुनेछन्।