पोर्चुगल र स्लोभेनिया क्वाटरफाइनल पुग्न खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१७
  • |
  • 1025 पटक हेरिएको

जारी युरोकप अन्तर्गत आज नक आउट चरणमा पोर्चुगल र स्लोभेनियाबीच खेल हुदै छ । नेपाल इसम्य अनुसार यो खेल आज राति १२: ४५ बजेदेखि शुरु हुदै छ ।

समुह चरणमा पोर्चुगल समुह एफ को समुह विजेताको रुपमा नक आउट चरणमा पुगेको हो । पोर्चुगलले ३ खेलमा दुई जित र एक हारसहित ६ अंक हासिल गरेर शिर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल र टर्कीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा जर्जियासँग २-० गोल अन्तरले पराजित भएको थियो ।

त्यसैगरी स्लोभेनिया समुह सी मा ३ खेलमा तिनै खेल बराबरी खेलेर समुहमा तेस्रो हुदै नक आउट चरणमा पुगेको हो । पहिलो खेलमा स्लोभेनियाले डेनमार्कसँग १-१ गोलको, दोस्रो खेलमा सर्बियासँग १-१ गोलको, इङल्याण्डसँग गोलरहित बराबरी खेलेको थियो ।

पोर्चुगल र स्लोभेनियाबीच अहिलेसम्म केवल एक खेल भएको छ जुन स्लोभेनियाले जितेको छ । गत मार्चमा भएको खेलमा स्लोभेनियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey