ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 956 पटक हेरिएको

काठमाडौं । कोपा अमेरिका फुटबलमा ब्राजिल दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधवार विहान भएको खेलमा कोलम्बियासँग एक एक गोलको बराबरी खेल्दै ब्राजिल दोस्रो स्थानमा रहेर क्वाटरफाइनल प्रवेश गरेको हो । कोलम्बिया भने शीर्ष स्थानमा रहँदै क्वाटरफाइनल पुगेको छ ।

क्यालिफोर्नियामा भएको खेलमा ब्राजिलले राफिन्हाको गोलमार्फत १२ औं मिनेटमा अग्रता लिएको थियो । तर, पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा कोलम्बियाका डेनियल मुनोजले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । सोही बराबरी अन्तिमसम्म कायम रहँदा दुवै टिम क्वाटरफाइनलमा पुग्न सफल भयो ।

कोलम्बियाले ३ खेलबाट ७ अंक बनाउँदा ब्राजिलले समान खेलबाट ५ अंक बनायो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै तालिकामा ४ अंक बनाएको कोष्टारिका र सबै खेलमा पराजित भएको पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधवारको खेलसँगै कोपाको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ ।

अब शुक्रबारबाट सुरुहुने क्वाटरफाइनलमा अर्जेन्टिना र इक्वेडर भिड्दा भेनेजुएला र क्यानडा शनिबार विहान खेल्ने छन् । यसैगरी आइतबार कोलम्बिया र पानामा आमने सामने हुँदा सोही दिन उरुग्वे र ब्राजिल भिड्ने छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey