कोष्टारिका कोपाको समूह चरणबाटै विदा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 498 पटक हेरिएको

कोष्टारिका कोपा अमेरिका २०२४ को समूह चरणको अन्तिम खेलमा विजयी भएको छ । वुधवार विहान भएको खेलमा पाराग्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै कोष्टारिकाले तालिकामा ४ अंक बनाए पनि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिर पुग्यो । कोष्टारिकाको जितमा फ्रान्सिस्को काल्भो र जोसिमर अल्कोसेरले एक एक गोल गर्दा पाराग्वेका रामोन सोसाले एक गोल फर्काए ।

टेक्ससमा भएको खेलमा कोष्टारिकाले तेस्रो मिनेटमै अग्रता लिएको थियो । काल्भोले जोसेफ मोराको कर्नर पासमा हेडर गोल गर्दै अग्रता दिलाएका थिए । 

सातौं मिनेटमा कोष्टारिकाले अग्रता दोब्बर बनायो । जेफरसन ब्रेनेसले बक्सबाहिरबाट दिएको पासमा जोसिमरले गोल गरेपछि सुरुमै २–० को अग्रता लियो ।

पहिलो हाफमा २ गोलको अग्रता लिएको कोष्टारिकाले दोस्रो हाफमा गोल थप्न नसके पनि १ गोल खान पुग्यो । 

५५ औं मिनेटमा पाराग्वेका माथियस विलसान्तीले दिएको पासमा रामोन सोसाले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । 

तर, त्यसपछि लगातार प्रयास गरे पनि पाराग्वले थप गोल गर्न नसक्दा कोस्टारिका विजी भए पनि अन्तिम ८ मा पुग्न पर्याप्त भएन ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey