रोमानियालाई पराजित गर्दै नेदरल्यान्ड्स  क्वार्टरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 725 पटक हेरिएको

काठमाडौं । नेदरल्यान्ड्स युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा अन्तिम आठमा पुगेको हो।

नेदरल्यान्ड्सका कोडी गाक्पोले खेलको २०औं मिनेटमै गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। उनले जावी सिमोन्सको पासमा गोल गरे। 

६३औं मिनेटमा उनले दोस्रो गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले अफसाइड देखाइदिँदा मान्यता पाउन सकेन। ८३औं मिनेटमा उनकै पामा डोनिएल मालेनले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले नै व्यक्तित दोस्रो र टोलीको लागि तेस्रो गोल गर्दे नेदरल्यान्ड्सलाई जित दिलाए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey