प्रदेश स्तरीय कबड्डीमा सुनसरी शीर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१८
  • |
  • 501 पटक हेरिएको

मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४-४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २-२ खेल खेल्दै जित निकालेका थिए । 

सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २-२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बराबरी र १ खेल हार्दै १ अंक प्राप्त गरेको छ । 

त्यसैगरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ओखलढुंगा कुनै पनि खेलमा नतिजा निकाल्न नसक्दा अंकविहीन अवस्थामा छन् । 

प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । समूह ‘ए’मा मोरङ, सुनसरी, झापा, सोलुखुम्बु, उदयपुर र धनकुटा छन् । समूह ‘बि’मा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र ओखलढुंगा छन् । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । 

बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेलकुद विकास बोर्डले जनाएको छ । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey