टर्की क्वार्टरफाइनलमा प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१९
  • |
  • 900 पटक हेरिएको

काठमाडौं । टर्की युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

जर्मनीको लाइप्जिगमा बुधबार बिहान सम्पन्न खेलमा अष्ट्रियाामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। 

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले गरेको गोल सान्त्वना बन्यो।

यो जितसँगै अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३–० गोलको सहज जित हासिल गर्दै अन्तिम आठमा स्थान पक्का गरेको थियो।
 
खेलको पहिलो मिनेटमै डेमिरलले गोल गर्पछि टर्कीले पहिलो हाफभरि एक शून्यको अग्रता बनायो। 

दोस्रो हाफको ५९औँ मिनेटमा पुन डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढ्यो। तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए। ।

त्यसपछि बाँकी समय थप गोल नहुँदा टर्की विजयी भयो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey