सुदूरपश्चिमलाई उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१८
  • |
  • 520 पटक हेरिएको

सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो थिमी क्लबलाई २४–५ गोलले पराजित ग¥यो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा ललितपुर क्लब तेश्रो भयो । प्रतियोगितामा सहभागी ४ टिमले सुरुमा राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगका विजेता र उपविजेता पुनः उपाधिका लागि भिडेका थिए ।

विजेतालाई राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय दृष्टिविहीन खेलकुद संघ नेपालका अध्यक्ष उपेन्द्र श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामाले निर्णायकलाई बल हस्तान्तरण गरी खेल शुभारम्भ गराएकी थिइन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey