अर्जेन्टिना र क्यानडा कोपाको अन्तिम ८ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१६
  • |
  • 564 पटक हेरिएको

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना शतप्रतिशत जीतका साथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार विहान भएको समूह एको खेलमा अर्जेन्टिनाले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो । स्टार खेलाडी लियोनल मेस्सीलाई विश्राम दिइएको खेलमा अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुवै गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा मार्टिनेजेल एन्जल डी मारियाको पासमा गोल गर्दै अग्रता दिलाए । 

७२ औं मिनेटमा लियोनार्दो परेडेसले पेनाल्टीमा गोल गर्न चुक्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनाउन असफल भएको थियो । ८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दा अर्जेन्टिनाले अग्रता पनि दोब्बर बनाएको थियो । यही समूह एबाट क्यनाडाले पवनि अन्तिम ८ मा स्थान बनाएको छ । क्यानडाले चिलीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

शीर्ष स्थानमा रहेको अर्जेन्टिनाका ९ अंक हुँदा क्यानडाको चार अंक रहेको छ । यसैगरी चिली २ अंकका साथ तेस्रो तथा पेरु १ अंकका साथ चौथो स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएका छन् ।  

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey