मधेसलाई पराजित गर्दै कर्णालीले निकाल्यो सान्त्वना जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१३
  • |
  • 223 पटक हेरिएको

काठमाडौं । कर्णाली प्रदेशले प्रथम सहाना प्रधान स्मृति यू–१९ पुरुष तथा महिला भलिबल प्रतियोगितमा महिलातर्फ सान्त्वना जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न खेलमा मधेस प्रदेशमाथि ३-१ को सेटमा पुनरागमन गर्दै कर्णालीले प्रतियोगितामा विजयीका साथ अन्त्य गरेको छ।

पहिलो सेट २६-२४ ले गुमाएको कर्णालीले बाँकी तीन सेटमा सहज जित हासिल गर्यो।

दोस्रो ९-२५, तेस्रो सेट १०-२५ र अन्तिम सेट १७-२५ आफ्नो पक्षमा पारेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey