पोर्चुगल र टर्की भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०८
  • |
  • 387 पटक हेरिएको

काठमाडौं । यूरोकप २०२४ अन्तर्गत समूह 'एफ' को खेलमा पोर्चुगल र टर्की शनिबार आमने सामने हुँदै छन्। 

नेपाली समयअनुसार टर्की र पोर्चुगलबीचको यो खेल सिग्नल इडुना पार्कमा ९:४५ बजेबाट सुरुआत हुनेछ। 

समूह 'एफ' को आ-आफ्नो पहिलो खेलमा विजयी हासिल गरेका दुबै टोली दोस्रो जितको खोजिमा रहेका छन्। 

पोर्चुगलले आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजित गरेको थियो। यता, टर्कीले जर्जियालाई ३–१ गोलले परातिज गरेको थियो। 

जारी युरोकपमा समान एकबाट तीन अंक जोडेको टर्र्की गोल अन्तरको आधारमा पहिलो र पोर्चुगल दोस्रो स्थानमा रहेको छन्। 

यस्तै सोहि समूहको अर्को खेलमा चेक रिपब्लिकले जर्जियाको सामना गर्ने छ। यो खेलमा साँझ ६:४५ बजेबाट सुरु हुनेछ।  

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey