चौथो मिल्स गोल्डकप  : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१३
  • |
  • 174 पटक हेरिएको

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ । 

विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा युवा क्लब फाइनलमा पुगेको हो । 

जितँसगै पेमा युवा क्लबले  शनिबार हुने फाइनलमा उपाधिको लागि सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरी सँग खेल्नेछ ।

जितको लागि पेमा युवा क्बलको तर्फबाट मिलन राई, समिर राई र कुलदिप कार्कीले गोल गरे । प्रहरीको तर्फबाट सान्तवना गोल उज्जल राईले फर्काए ।

खेलको २९ औं मिनेटमा प्रहरीका उज्जल राईले गोल गर्दै अग्रता दिलाएका थिए । तर, प्रहरीको अग्रता १४ मिनेट पनि टिक्न सकेन ।

 

दोस्रो हाफदेखि पेमा युवा क्बलले आक्रमक खेल्दै ४३ औं मिनेटमा डिबक्स भित्रबाट मिलन राईले हेडमार्फत आकर्षक गोल गर्दै खेल बराबारीमा ल्याए ।  ६१ औं मिनेटमा पेमाका समिर राईले गोल गर्दै अग्रता दोब्बर बनाए । दोस्रो हाफपछि सौरव लिम्बुको ठाउँमा मैदान प्रवेश गरेका समिरले मिलन राईले निकालेको क्रस पासलाई गोलमा परिणत गरे । अग्रता दोब्बर बनाएको चार मिनेट बित्न नपाउँदै पेमाका कुलदिप कार्कीले गोल गर्दै टिमको जित सुनिश्चत गरे । 

प्रतियोगिताको प्लेयर अफ द म्याच पेमा युवा क्लबका मिलन राई घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पाए ।

मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा भएको प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय रुपैयाँ र उपबिजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पाउनेछन् । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey