क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको शुभकामना

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 390 पटक हेरिएको

राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टोलीलार्य शुभकामना दिएका छन् । 

सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले टी–२० विश्वकप क्रिकेट खेल्न जान लागेको नेपाली टिम र अफिसियलहरुलाई शुभकामना व्यक्त गरेका हुन् । 

अमेरिका र वेस्टइन्डिजमा आयोजना हुन लागेको टी–२० विश्वकपका लागि नेपाली टोली आइतबार विहान र दिउँसो गरेर त्यसतर्फ प्रस्थान गर्दै छ ।

अमेरिकाबाट वेस्टइन्डिजमा गएर अभ्यास गर्ने छ । त्यसपछि पुनः अमेरिकामा पुगेर टी–२० विश्वकपको यात्रा सुरुआत गर्ने छ ।

समूह डीमा रहेको नेपालले नेदरल्याण्ड्स र श्रीलंकासँगको खेल अमेरिकामा खेल्ने छ भने दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल भने वेस्टइन्डिजमा खेल्ने छ ।

नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey