शीर्ष स्थानको आर्सनलको सहज जित

  • Image नेप्लेज
  • १८ चैत्र २०७९, शनिवार
  • 799 पटक हेरिएको
शीर्ष स्थानको आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडमाथि फराकिलो जित दर्ता गरेको छ ।

आज भएको खेलमा आर्सनलले लिड्सलाई ४–१ गोल अन्तले पराजित गरेको हो ।

३५ औं मिनेटमा ग्याब्रिएल जेससले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा वेन ह्वाइटले अग्रता दोब्बर बनाएका थिए ।

यसैगरी ५५ औं मिनेटमा जेससले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्सनल ३–० ले अघि बढेको थियो ।

७६ औं मिनेटमा लिड्सका लागि रासमुस निसेनले १ गोल गरेपछि खेल ३–१ मा आएको थियो ।

तर ग्रेन्ट साकाले ८४ औं मिनेटमा चौथो गोल गरेपछि आर्सनल ४–१ गोल अन्तरले विजयी भयो । जितसँगै आर्सनल २९ खेलबाट ७२ अंक बनाउन सफल भयो । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ६४ अंक रहेको छ ।

Ben White steals in at the back post to put us 2-0 up.

यस्तै आर्सनलसँग आज पराजित भएको लिड्सको २६ अंकका साथ १६ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत आजै भएका अन्इ खेलमा बर्नमाउथले फुलह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

त्यस्तै ब्राइटन र ब्रेन्टफोर्डले ३–३ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेसले लेस्टर सिटीलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

यस्तै नटिङघम फरेस्ट र वुल्भ्सले पनि एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।