रियलको जितमा बेन्जिमाको गोल

  • Image नेप्लेज
  • २ चैत्र २०७९, बिहिवार
  • 406 पटक हेरिएको
रियलको जितमा बेन्जिमाको गोल

स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

इंग्लिस क्लब लिभरपुललाई समग्रमा ६–२ गोल अन्तरले पराजित गर्दै रियलले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा ५–२ गोल अन्तले विजयी भएको रियल विहीबार विहान सकिएको खेलमा १–० गोल अन्तरले विजयी भयो ।

Image

रियललाई जिताउन करिम बेन्जिमाले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो ।

७८ औं मिनेटमा भिनेसियस जुनियरको सहयोगमा बेन्जिमाले गोल गरेका थिए ।