आत्मघाति गोलले जोगियो आर्सनल

  • Image नेप्लेज
  • २६ फाल्गुण २०७९, शुक्रवार
  • 1547 पटक हेरिएको
आत्मघाति गोलले जोगियो आर्सनल

युईएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब आर्सनल आत्मघाति गोलका कारण हारबाट जोगिएको छ ।

गयराति भएको खेलमा स्पोर्टिङ लिस्बनसँग २–२ गोलको बराबरी खेलेको हो ।

राउण्ड अफ सिक्सटीन अन्तर्गत पहिलो लेगमा विलियम सिल्भाले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए ।

३४ औं मिनेटमा गोनकालो इनान्सोले गोल गर्दै स्पोर्टिङ लिस्बनलाई बराबरीमा ल्याए ।

Full-Time: Sporting CP 2-2 Arsenal (Saliba, Morita OG)

५५ औं मिनेटमा पाउलिन्होले गोल गरेपछि आर्सनल २–१ ले पछि परेको थियो ।

६२ औं मिनेटमा लिस्बनका हिडमेसा मोराटाले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनल २–२ को बराबरीमा खेल ल्याउँदै हारबाट जोगियो ।

अब दोस्रो लेग मार्च १६ मा हुने छ ।