महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा

समग्रमा अष्ट्रेलियाले जित्यो आईसीसीको २१ औं ट्रफि

  • Image नेप्लेज
  • १५ फाल्गुण २०७९, सोमवार
  • 469 पटक हेरिएको
महिला टी–२० विश्वकपको उपाधि अष्ट्रेलियाको पोल्टामा

महिला टी–२० विश्वकपको  उपाधि अष्ट्रेलियाले जितेको छ । गयाति भएको फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । यो अष्ट्रेलियाली महिला टोलीको लागि सातौं टी–२० विश्वकप फाइनल थियो र छैटौं पटक ट्रफी जित्यो। केप टाउनको न्युल्यान्ड्समा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

बेथ मुनीले ५३ बलमा ७४ रनको अविजित इनिङ खेलिन् । जवाफमा दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३७ रन बनाउन सक्यो । एल वोल्भार्डले ४८ बलमा ६१ रन बनाए । १७ औं ओभरमा उनी आउट भएसँगै दक्षिण अफ्रिकाको आशा समाप्त भएको थियो ।

अस्ट्रेलियाली टोली यसअघि सन् २०१०, २०१२, २०१४, २०१८ र २०२० मा च्याम्पियन बनेको थियो।

अस्ट्रेलियाली टोलीले महिला टी–२० विश्वकपमा दोस्रो पटक उपाधिको ह्याट्रिक गरेको छ । यसअघि टोलीले सन् २०१०, २०१२ र २०१४ मा लगातार तीन पटक उपाधि जितेको थियो । योसँगै अब २०१८, २०२० र २०२३ मा उपाधि जितेका छन् । पहिलो पटक, कुनै टोलीले पुरुष वा महिला क्रिकेट सहित आईसीसीको प्रतियोगितामा दोस्रो पटक उपाधि ह्याट्रिक गरेको छ। अष्ट्रेलियाकी एस्ले गार्डनर प्लेयर अफ द टुर्नामेन्ट भइन्, भने बेथ मुनी प्लेयर अफ द म्याच घोषित भइन् ।

महिला टी–२० विश्वकप सन् २००९ देखि खेल्दै आएको छ र त्यसयता आठ पटक प्रतियोगिता खेलिएको छ । जसमध्ये अस्ट्रेलिया एक्लैले ६ पटक उपाधि जितेको छ । सन् २००९ मा इङ्ल्यान्ड र २०१६ मा वेस्ट इन्डिजले उपाधि जितेको थियो । समग्रमा, अष्ट्रेलियाको महिला टोलीले जिते को यो १३ औं आईसीसी उपाधि हो। यसअघि अस्ट्रेलियाको महिला टोलीले सात पटक (१९७८, १९८२, १९८८, १९९७, २००५, २०१३, २०२२) एकदिवसीय विश्वकप जितेको छ ।

अष्ट्रेलियाको पुरुष टोली सहित, महिला त्द्दण् विश्वकप उपाधि यो देशले जितेको २१ औं आईसीसी उपाधि हो। अस्ट्रेलियाको पुरुष क्रिकेट टोलीले पाँच पटक एकदिवसीय विश्वकप, एक पटक टी–२० विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफी जितेको छ। अर्थात्, अष्ट्रेलियाको पुरुष क्रिकेट टोलीले जम्मा ८ उपाधि जितेको छ भने महिला टोलीले १३ उपाधि जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा यति धेरै उपाधि जित्ने एक मात्र देश अस्ट्रेलिया हो।
अस्ट्रेलियाले राम्रो सुरुवात गर्‍यो । एलिसा हिली र बेथ मुनीले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरे । हेलीले २० बलमा १८ रन बनाउन सके । यसमा तीन चौका समावेश छन्। त्यसपछि एश्ले गार्डनरले मुनीसँग दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

गार्डनरले २१ बलमा २९ रन बनाएपछि क्लो ट्रियोनको हातमा कैच आउट भइन् । आफ्नो इनिङ्समा उनले दुई चौका र दुई छक्का प्रहार गरिन् । ग्रेस ह्यारिस ९ बलमा १० रन र कप्तान मेग ल्यानिङले ११ बलमा १० रन बनाएर आउट भइन् । एलिस पेरी पाँच बलमा सात रन बनाएर प्याभिलियन फर्किइन् । यसैबीच बेथ मुनीले अर्धशतक प्रहार गरिन् । उनी दुई विश्वकप फाइनलमा अर्धशतक बनाउने विश्वकै पहिलो महिला खेलाडी बनेकी छिन् ।

Meg Lanning with her fourth T20 World Cup trophy, South Africa vs Australia, Women's T20 World Cup, Final, Cape Town, February 26, 2023
अन्तिम ओभरमा शबनिम इस्माइलले चौथो बलमा एलिस पेरी र पाँचौं बलमा वेयरहमलाई आउट गरिन् । उनले ह्याट्रिकको मौका पाए पनि अन्तिम बलमा ताहिल म्याकग्राले एक रन बनाइन्  । यसरी शबनिमले ह्याट्रिक गर्न चुकिन् । बेथ मुनीले ५३ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित ७४ रन बनाइन् । दक्षिण अफ्रिकाका मारिजाने क्याप र शबनिम इस्माइलले २–२ विकेट लिए । योसँगै मलाबा र ट्रियोनले एक–एक विकेट लिइन् ।

१५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकी टोलीको सुरुवात खराब रह्यो । ताजमिन ब्रिट्स १७ बलमा १० रन बनाएर आउट भइन् । यसपछि मारिजाने क्यापले एल वोल्भार्डसँग इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । दुवैले २९ रनको साझेदारी खेले । तर, रन रेट बढाउने क्रममा क्यापले आफ्नो विकेट गुमाइन् । उनी ११ बलमा ११ रन बनाएर आउट भइन् । कप्तान सुने लुस रनआउट भइन । उनले दुई रन बनाउन सकेकी थिइन् ।

South Africa captain Sune Luus cuts a dejected figure, South Africa vs Australia, Women's T20 World Cup, Final, Cape Town, February 26, 2023

५४ रनमा तीन विकेट गुमाएको दक्षिण अफ्रिकी टोली समस्यामा परेको थियो । त्यसपछि वोल्भार्डले दक्षिण अफ्रिकाको आशा जिवितै राख्नका लागि क्लो ट्रियोनसँग मिलेर पारि अघि बढाएकि थिइन् ।  दुवैले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे । तर, रन रेट बढाउने प्रयासमा वोल्भार्डले मेगन शुटलाई एलबीडब्ल्यू आउट गरिन् । उनले ४८ बलमा ६१ रन बनाइन् । त्यसपछि अफ्रिकी टोलीले लगातार विकेट गुमाउँदै गयो ।

The Australian team celebrates after sealing victory, South Africa vs Australia, Women's T20 World Cup, Final, Cape Town, February 26, 2023

एनेके बोस एक रन, ट्रियोन २३ बलमा २५ रन बनाएर आउट भए । अन्त्यमा नादिन डे क्लर्कले आठ रन बनाएर अविजित रहिन् भने सिनालो जाफ्टाले ९ रन बनाए । अष्ट्रेलियाका लागि शुट, एस्ले गार्डनर, डार्सी ब्राउन र जेस जोनासेनले एक एक विकेट लिएका थिए ।


#क्रिकेट #आईसीसी #टी २० विश्वकप क्रिकेट


सम्बन्धित खबर